२०८१ भाद्र २२ गते आइतवार

अशक्त तथा हिंसा प्रभावितलाई आयआर्जन गर्न अनुदानमा सामग्री बितरण



 

दाङ, ६ असार ।
अपाङ्गता भएका तथा हिंसाको प्रभावमा परेका ब्यक्तिलाई सहायक तथा आयआर्जन सम्बन्धी सामग्री बितरण गरिएको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको समन्वय तथा तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखा, अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुर तथा अपाङ्ग नगर सञ्जाल तुलसीपुरको आयोजनामा समाग्री वितरण गरिएको हो ।

बिभिन्न कारणले अपाङ्गता भएका तथा हिंसाको प्रभावमा परेका २४ जनालाई ५० प्रतिशत अनुदानमा सामग्री बितरण गरिएको हो । बितरण गरिएका सामग्रीहरुमा मेसिनको मोटर, टेवुल, कैची, पिको मेसिन, सिलाई मेसिन, फ्रिज लगाएतका सामग्री वितरण गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो ।

सहयोग सामग्री पाउदा आफुलाई खुसि लागेको तथा राहतको महसुस भएको हिंसाबाट प्रभावित भएकी तुलसीपुर १५ कि विना रैदासले बताउनुभयो । त्यस्तै आफु अपाङ्गता भएको र स्थानिय सरकारले आफ्नो पिडा बुझेको भन्दै तुलसीपुर १५ का रिसमान चौधरीले पनि आभार ब्यक्त गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा निवर्तमान उपप्रमुख माया शर्मा, हुमाकान्त कडेल, युवा करारालाई सम्मान गरिएको हो । भने कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत श्रेष्ठले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार