२०८१ असोज २७ गते आइतवार

तुलसीपुर १८ मा अपाङगलाई सहायता सामाग्री बितरण



 

६ असार, २०७९
तुलसीपुर १८ ले फरक क्षमता भएका ८ जनालाई सहायता सामाग्री वितरण गरेको छ । समाजमा पछाडी परेका शारिरीक रुपमा अशक्तहरुका लागि स्थानीय सरकार जहिले पनि उभिएको र समाजका हरेक बर्ग, लिङग, जातजातीका समस्याहरु समाधान गरी उनिहरुको सरल जिवनयापनमा वडाले जहिले अग्रपङतीमा रहेर काम गर्ने वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।

अध्यक्ष वलीले समाज परिवर्तनका लागी फरक क्षमता भएका ब्यक्तिहरुको बिकास अनिवार्य भएको भन्दै समाजले हेर्ने दृष्टिकोण अब बद्लिनुपर्ने बताउनुभयो । त्यस्ता फरक क्षमता भएका ब्यक्तिहरुका लागी वडाले मात्रै नभएर समग्र राज्यले यसका बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा बिबेक सिंह परियार, होता कुमारी बस्नेत, नेप्टे सर्केनी र श्रवण सुनारलाई १र१ थान ह्यील चियर, रामचन्द्र बुढा, हर्क सिं खड्का र गण बहादुर बुढालाई १र१ थान लठ्ठी, र भुल बहादुर कामीलाई बैशाखी बितरण गरिएको छ । कार्यक्रममा वडासदस्य धन बहादुर बस्नेत, शितल प्रसाद बुढा मगर, वडा सचिव रामकुमारी मरासिनी लगाएतले आफ्नो धारण राख्नुभएको कपिल लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार