२०८१ मङ्सिर २३ गते आइतवार

हाम्रो पहुँचका बिद्यार्थीले धान रोपेर धान दिवस मनाए



दाङ, १५ असार ।
तुलसीपुरको हाम्रो पहुँच माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् । बिद्यार्थीलाई कितावी ज्ञानमात्र नभएर ब्यबहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाई गरेको बिद्यालयले जनाएको छ ।

बिद्यालयले बिद्यार्थीलाई तुलसीपुर ६ गाईडहरमा लगेर धान दिवस मनाएको हो । बिद्यार्थीले पनि रमाएर किसानको खेतमा धान रोपेर धान दिवस मनाएका हुन् ।

कार्यक्रममा बोल्दै हाम्रो पहुँच माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभएर बाहिरी ज्ञान प्रदान गर्न धान रोपाईमा संलग्न गराएको बताउनुभयो । साथै उहाँले आफ्ना बिद्यार्थीलाई कृषि सम्बन्धि ज्ञान प्रदान गर्न तथा बिद्यार्थीले सिकेका सिपलाई ब्यबहारमा लागु गर्न कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कक्षा १० का बिद्यार्थी प्राप्ती भट्टराईले आफुले आफ्नो घरमा धान रोपाई गर्दै आएको भएपनि साथीहरुसँग सामुहिक रुपमा धान रोप्दा आफुलाई बेग्लै रमाईलो भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा किसान राम बहादुर चौधरीले आफ्नो परम्परालाई निरन्तरता दिएको भन्दै बिद्यार्थी र शिक्षकप्रति आभार ब्यक्त गर्नुभयो ।

बिद्यालयका सहायक प्रधानाध्यापक पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक मिनराज भण्डारीले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार