२०८१ माघ १२ गते शनिवार

घर्तीको स्मृतिमा खेल सामग्रि वितरण



तुलसीपुर, १९ असार ।
तुलसीपुर(१९ धरमपानीका मान बहादुर घर्तीका स्वर्गिय छोरा बिरबहादुर घर्तीको स्मृतिमा खेल सामग्रि वितरण वितरण गरिएको छ ।

तुलसीपुर-१९ मा रहेको नवजागरण मावि कुटीचौरका विद्यार्थीलाई विभिन्न खेलकुदका सामग्रि वितरण गरिएको हो ।

जापानमा बस्ने सल्यानका शुसिल विक र अमेरिकामा बस्नेत दाङको घोराहीका हेमन्त नेपालीको आर्थिक सहयोगमा खेल सामग्रि वितरण गरिएको आमा बनमाली घर्तीले जानकारी दिनुभयो ।

दुई युवाबाट प्राप्त करिब १३ हजार बराबरको खेल सामग्रि घोराहीमा बस्ने सरिता नेपाली, मनिषा खड्का, विवेक बस्नेत, अमित चौधरीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यार्थीलाई भलिवल, फुटबल, व्याडमिन्टन, डोरी, लुडो, कर्क र एबिसी बोर्ड वितरण गरिएको हो । आमा बनमाली घर्ती, बहिनी सीता घर्ती, संझन घर्ती र अन्य आफन्तको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक र विद्यार्थीलाई खेलकुदका सामग्रि वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार