२०८१ चैत्र ३ गते आइतवार

घोराही खानेपानीमा गठबन्धनको प्यानल नै विजयी



घोराही, २६ असार ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा गठबन्धनको प्यानल नै विजयी भएको छ । घोराही खानेपानी संस्थाको शनिवार भएको निर्वाचनले आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष देविबहादुर डिसीको समुहलाई नै विजयी बनाएको छ ।

निर्वाचन अधिकृत दीपक कुमार रेग्मीका अनुसार अध्यक्ष पदका लागि डिसीले जित हासिल गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी नारायणप्रसाद भुसालले पराजित हुनुभएको छ ।

डिसीले २२९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले १०८५ मत प्राप्त गर्नुभएको छ ।

डिसी संस्थामा सातौँ कार्यकालका लागि निर्वाचित हुनुभएको हो । २०६० सालदेखि डिसीले संस्थामा निरन्तर नेतृत्व गर्दै आउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय १८८२ मत लिई निर्वाचित हुनुभएको छ भने संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले १२९७ मत ल्याउनुभएको छ ।

महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती रोका मगर १६९७ मत लिई निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम प्रतिष्पर्धि संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले १३९८ मत ल्याउनुभएको छ ।

सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठ १८२६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने संयुक्त प्यानलका उम्मेदवार दिपक कुमार श्रेष्ठले १२९८ मत ल्याउनुभएको छ ।

कोषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसी २१९२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको भने संयुक्त प्यानलका उम्मेदवार सानुनारायण अधिकारीले ८९८ मत ल्याउनुभएको छ ।

यस्तै महिला सदस्यमा पनि प्रजातान्त्रिक प्यानलका सबै सदस्य विजयी हुनुभएको छ । प्रजातान्त्रिक प्यानलबाट महिला सदस्यमा उम्मेदवार बन्नुभएका खुमा खड्का २ हजार १ सय ६७, विन्दु पाण्डे १ हजार ८ सय ७० र यशोदा देवी पाण्डेले १ हजार ६ सय ६८ मत ल्याउँदै विजयी हुनुभएको छ ।

उहाँका निकटमत प्रतिष्पर्धी ज्योति रोका मगरले १ हजार ६६, देवकला पाण्डेले १ हजार १ सय ४३ र लक्ष्मी अधिकारीले १ हजार २ सय ६० मत पाउँदै पराजित हुनुभएको छ ।

यस्तै,घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा खुला सदस्यमा पनि गठबन्धन प्यानलका उम्मेदवार विजयी भएका छन् । गठबन्धन प्यानलका किशोर आचार्य २ हजार ९२, युवराज आचार्यले १ हजार ६ सय १० र दिनेश वली १ हजार ४ सय ७२, मत ल्याउनुभएको छ ।संयुक्त प्यानलका महेश न्यौपानेले १ हजार ११, हरि खरेलले १२ सय १ र सुनिल बनियाँले ७९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले ६६५ मत प्राप्त गर्नुभएको छ ।

संस्थामा ७ हजार १ सय २३ जना मतदाता रहेकोमा ३ हजार ५ सय ६१ मत खसेको थियो । करीव ५० प्रतिशत मात्रै खसेको मतगणना शनिवार राति १० बजेबाट शुरु भएको थियो । संस्थाले घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७ र १८ मा खानेपानी वितरण गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार