एजेन्सी-
श्रीलङ्काका केही क्षेत्रमा सीमित मात्रामा इन्धन र ग्यास आपूर्ति गर्न सुरु भएको छ ।
लामो समयदेखि आर्थिक सङ्कटसँग जुँधिरहेको श्रीलङ्काको राजधानी कोलम्बोकोग्यास र इन्धन भर्ने केन्द्र र सामुदायिक केन्द्रमा हिजोदेखि ग्यास र इन्धन आपूर्ति सुरु गरिएको बीबीसीले लेखेको छ ।
सोमबार बिहानैदेखि सर्वसाधारण लाइनमा बसेका छन् । श्रीलङ्कामा गत मे महिनादेखि खाद्यान्न, इन्धन र आवश्यक पर्ने अन्य वस्तुहरूको अभाव हुँदै आएको छ ।
मुलुकको विदेशी मुद्रा भण्डार पनि शून्य भइसकेको छ भने सरकारविरुद्ध मानिसहरू प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार