२०८१ चैत्र १२ गते मङ्गलवार

दलितलाई सबै क्षेत्रको पहुँचमा लैजान्छौँ : विश्वकर्मा



दाङ, २९ असार ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले राजनैतिक परिवर्तनसंगै दलित समुदायका धेरै अधिकार स्थापित भएको दावि गरेका छन् । उहाँले दलित समुदाय सम्पुणर् रुपमा पछि परेको बताउँदै अध्यक्ष विश्वकर्माले आयोगले योग्यता र क्षमता अनुसारका दलित समुदायका व्यक्ति राज्यका सबै निकायमा पहुँचमा लैजान पहल गरिरहेको बताउनुभएको हो ।

उहाँले दलित बर्गलाई बिभिन्न अवसर प्राप्त हुदाँहुदै पनि त्यसको फाईदा लिन नसकेको पनि उल्लेख गर्नुभयो । आउदा दिनमा दलित वर्गलाई अगाडी बढाउन पहल गर्ने बताउनुभयो । साथै उनीहरुको शिक्षा, स्वास्थ्य आदिका लागि आफुले पहल गर्ने बताउनुभयो ।

तुलसीपुरमा आयोजीत कार्यक्रममा बोल्दै दलित समुदायका व्यक्तिहरुले दलित र गैर दलितबिचको खाडलको दुरी बढ्दै गएको बताएका छन् । दलित युवा नेता मेघराज बिश्वकर्माले दलित र गैरदलित बिच पनि अस्वस्थ प्रतिष्पर्धा रहेको गुनासो गर्नुभयो । जस्का कारण पनि आम मानिसको हेर्ने दृष्टीकोण नै फरक रहेको बताउनुभयो ।

त्यस्तै खेमराज बिकले दलित वर्गलाई बिभिन्न समयमा हुने चुनाबको समयमा भोट संकलन हुने भाडोको रुपमा मात्र लिएको आरोप लगाउनुभयो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले अब दलित समुदाय आफ्नो हकअधिकार प्रप्तीका लागि एक हुनुपर्ने बताउनुभएको छ । उहाँले २१औँ सताब्धी सम्म आईसक्दा पनि दलितप्रति गरिने ब्यवहारमा अझैपनि परिवर्तन आउन नसकेकोले अब क्रान्तीको आबश्यकता रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै बोल्ने वक्ताले आफुदलित भएकै कारण काठमाण्डौमा कोठा भाडामा नपाईने समस्या बिद्यमान रहेको गुनासो गरेका छन् । दलित अधिकार प्राप्तीका लागि सरोकारवाला निकाय सँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मोहनलाल नेपालीले सदियौदेखि राज्यको एउटा वर्गमाथि अर्को वर्गले शोसन गर्ने र शासन चलाउने यन्त्रको रुपमा विकास भएको उल्लेख गर्नुभयो ।

कार्यपत्रमा बैदिक सभ्यताको विकास भएको र जातपात छुवाछुत र ब्यवस्थाको सुरुवात भएको, शासक वर्गले सेवामुलक, अपमानपुणृ कठिन काम गर्ने, शुद्र दलित पाएको र जसबाट आफ्नो वर्गको हितहुने भएकाले छुवाछुत अन्त्य गर्न नचाहेको बरु वणर् र बर्ग उत्पिडनले थिच्दै लगेको लगाएतका कुरा उल्लेख गरिएको छ ।

कार्यक्रममा मानव अधिकार आयोगका बरिष्ठ उपसभापति शुसिल बस्नेत, शान्ती समाजका निर्मल नेपाली बादी लगाएतले दलितको हकहितका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

दलित कल्याण संघका अध्यक्ष सन्तोष चनाराको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष बिकको प्रमुख आतिथ्यता तथा नगरप्रमुख टिकाराम खड्काको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार