२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुरमा दुई महिने कटाई सिलाई तालिम शुरु



दाङ, ३० असार ।
तुलसीपुरमा दुई महिने कटाई सिलाईको तालिम शुरु भएको छ । तुलसीपुर-७ मा रहेको मातृ भूमी सामुदायिक सिकाई केन्द्र पर्सेनीको आयोजनामा बिहिबार (आज) देखि कटाई सिलाई तालिम शुरु भएको हो ।

केन्द्रका अध्यक्ष निमकान्त आचार्यको अध्यक्षता तथा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरका शिक्षा महाशाखाका ज्ञान बहादुर डाँगीको विशिष्ठ आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।

कटाई सिलाईको लागि जनशक्तिको माग बढ्दै गएको अवस्थामा महिलालाई सिपमार्फत आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको हो । त्यस अवसरमा वडाअध्यक्ष रामबहादुर जिसीले तालिमलाई व्यवहारमा लैजान सके आर्थिकरुपमा सक्षम बन्न सकिने बताउनुभयो ।

उहाँले कटाई सिलाईयको माग पछिल्लो समय बढ्दो रहेकोले सिपलाई व्यवहारिकरुपमा कार्यान्वयन ल्याउन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा महाशाखाका ज्ञानबहादुर डाँगी, प्रशिक्षक सीता बस्नेत महतारा, प्रावि मोतिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारु, सहभागी यशोदा सुवेदी लगायतले सिपलाई व्यवहारिकरुपमा कार्यान्वयन गरी आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

नारायण कुमार आचार्यको स्वागत मन्त्यबाट शुरु भएको उद्घाटन समारोहमा मिनकेतन आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण सचिव ताराकुमारी वलीले गर्नुभएको हो । तालिममा ३० जना महिलाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार