
तुलसीपुर, ६ साउन ।
तुलसीपुर नगर जेसिजले बृहत मावि स्तरीय वक्तृवकला प्रतियोगिता गरेको छ । तुलसीपुर स्थित ड्रिम्स बेन्कुटमा १४ विद्यालयका छात्रछात्राको सहभागीतामा प्रतियोगिता गरिएको हो ।
तुलसीपुरनगर जेसिजका अध्यक्ष जेसि केशवराज केसीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रतियोगितामा मावि अश्वाराका सन्तोषी चौधरी र गुरु जजुर मावि रक्षाचौरका विशाल वली प्रथम, मावि सहिद स्मृतिका पर्शुराम रोका द्धितिय हुनुभएको हो भने तृतीय हिमाल एकाडेमिका आर्जन बस्नेत हुनुभएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ सय, प्रमाणपत्र, डायरी र पेन, दिृतीय हुनेलाई नगद २ हजार, प्रमाणपत्र, डायरी र पेन, तृतीय स्थान हासिल गर्नेलाई नगद १५ सय, प्रमाणपत्र, डायरी र पेन पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिताको मुल्यांकन कर्तामा निलप्रसाद सापकोटा, डा. कृष्णराज डिसि र तुलसीराम भट्टराई रहनुभएको थियो । कार्यक्रमका संयोजक महासचिव पुणर् बिक्रम डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुरज भण्डारीले गर्नुभएको थियो भने जेसिज आस्था पाठ वरिष्ठ सल्लाहकार जेसि शालिकराम वलीले गर्नुभएको हो ।