२०८१ बैशाख ५ गते बुधवार

खोप अभियानमा वेवास्ता



दाङ, ८ साउन ।
नेपालमा विगत एक महिनादेखि कोरोना संक्रमण दर उकालो लागि रहेपनि खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ ।

खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।

पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो कोरोना संक्रमण दर ११ दशमलव ८४ प्रतिशत देखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार