२०८१ असोज १८ गते शुक्रवार

विद्यार्थीलाई सचेतना बाँड्दै ट्राफिक प्रहरी



तुलसीपुर, १० साउन ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले विद्यालयमा ट्राफिक सचेतना अभियानलाई तिब्रता दिएको छ । तुलसीपुर क्षेत्रका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम थालेको हो ।

तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख तिर्थ भुसालले विभिन्न विद्यालयमा ट्राफिक नियम पालना गर्दाका फाईदा तथा नियम नअपनाउदा हुन सक्ने जोखिमको बारेमा प्रशिक्षण दिन अभियान चलाउनु भएको हो ।

उहाँले आज हिमाल एकाडेमीका कक्षा १२ मा अध्ययनरत करिब एकसय विद्यार्थीलाई ट्राफिक सचेतना दिनुभएको छ । उहाँले सचेतना दिदै ट्राफिक नियम पालना नगर्दा ठुलो जोखिम निम्तन सक्ने भन्दै ट्राफिक संकेतको बारेमा समेत प्रशिक्षण दिनुभएको हो ।

उहाँले पछिल्लो समय युवाहरुले सवारी चलाउदा जथाभाबी चलाउने गरेको भन्दै बिषेश सचेत हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई ट्राफिक सचेतना अभिभाबकलाई पुर्‍याउन आग्रह समेत गर्नुयभयो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले हालसम्म करिब ४ विद्यालयमा अभियान सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार