२०८१ मङ्सिर २३ गते आइतवार

मौलिक तिज गित ‘मिर्मी झालैमा ’ले बटुलदै चर्चा (भिडियोसहित)



तुलसीपुर –
छ जना लोक गायिकाको स्वरमा सजिएको मौलिक तिज गित ‘मिर्मी झालैमा’ ले चर्चा बटुल्दै गएको छ ।

मौलिक शब्दमा सजिएको मिर्मी झालैमा तीज गितमा लोक गायिका शुसिला थापा मगर, खुमा घर्ती मगर, पूर्णीमा मगर, डिला बस्याल, बिष्णु सुनार र अनुशा राम्जालीले स्वर दिनुभएको छ ।

छ जना गायिकाको स्वरमा सजिएको तीज गित ‘मिर्मी झ्यालैमा’ शनिबार सार्वजनिक भएको हो ।

डिला बस्यलाको संगितमा रहेको तीजको गित मिर्मी झालैमा मौलिक शब्दमा सजिएको छ ।

राजकुमार मगरको निर्देशनमा तयारी पारिएको गितको म्युजिक भिडियो शुसिला थापाको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

मिर्मी झालैमा गितमा टिकटक बनाउने पनि बढ्दै गएका छन् भने युट्युवमा पनि भिडियो हेर्नेको संख्या बढ्दै गएको छ ।

तीजका गितमा पुरुषले पनि स्वर दिने र पुरुष पनि नाच्ने प्रचलन बढ्दै गएको अवस्थामा ‘मिर्मी झालैमा’ गितमा महिलाको आवाजमात्रै समेटिएको छ भने महिलाहरुमात्रै नाचेको देख्न सकिन्छ ।

तीज महिलाहरुको विषेश पर्व भएकाले पनि मौलिक शब्द र मौलिक भाकामा तीजको गित तयार गरिएको गायिका थापाले बताउनुभयो । भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार