२०८१ जेष्ठ १६ गते बुधवार

अश्वारा कपासेडाँडा जलाशयमा माछाको भुरा छोडियो



तुलसीपुर, १३ साउन ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर ८ को कपासेडाँडा जलाशयमा माछाको भुरा छोडिएको छ ।

जलाशयमा माछापालन गर्नका लागि तिलेपिया जातको करिब १ हजार माछाको भुरा छोडिएको वडा अध्यक्ष धर्म वलीले जानकारी दिनुभयो ।

माछाको भुरा व्यवसायी श्रीधर वलीको सहयोगमा भुरा छोडिएको हो । कृत्रिम जलाशयमा जलचर प्राणिको संरक्षण भएको र पछिल्लो समय माछाको पनि भुरा छोडिएको वडा अध्यक्ष वलीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार