२०८१ असोज २७ गते आइतवार

युक्रेनको माइकोलाभ शहरमा रुसको भीषण आक्रमण



एजेन्सी-

युक्रेनको माइकोलाभ शहरमा रुसले भीषण आक्रमण गरेकाे छ ।

युक्रेनमा खाद्यान्न व्यापारका मुगल मानिने अर्बपति धनाढ्य ओलेक्सी भादातर्स्कीकाे रुसी सेनाको आक्रमणमा परी मृत्यु भएकाे हाे । युक्रेनको दक्षिणी माइकोलाइभ शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा ७४ वर्षीय धनाढ्य भादातर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको हो ।

सोही शहरमा उनको घरमा क्षेप्यास्त्र खस्दा भादानर्सकी दम्पत्तीकाे मृत्यु भएकाे हाे । उनी युक्रेनका अन्न निर्यात गर्ने निवुलोन कम्पनीका मालिक थिए । जसलाई युक्रेनले कुनै समय ‘युुक्रेनका नायक’ उपाधिबाट सम्मानित गरिएको थियो । माइकोलाइभका मेयर ओलेक्सान्दर सेनेकभिचले यो सम्भवत रुसी फौजबाट अहिलेसम्मकै ठूलो आक्रमण भएको बताएका छन् ।

क्षेप्यास्त्र आक्रमणमा एउटा होटेल, एउटा स्पोर्ट्स कम्प्लेक्स, दुई वटा विद्यालय र एउटा सेवा केन्द्र लगायत अन्य थुप्रै घर क्षतिग्रस्त भएका छन् । युक्रेनको प्रमुख बन्दरगाह ओदेसा जाने मुख्य मार्गमा रहेको माइकोलाइभमा रुसबाट बारम्बार हमला भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार