२०८१ मङ्सिर २४ गते सोमवार

नेपालका चार हजारभन्दा बढी मानिसले सिकलसेलको उपचार गराउँदै



दाङ, १८ साउन ।
नेपालका चार हजारभन्दा बढीले सिकलसेल र करिब एक हजार मानिसले थालेसेमियाको उपचार गराइरहेको पाइएको छ । दाङसहित बाँके, बर्दिया लगायतका तराईका जिल्लामा यी रोगका बिरामी बढी छन् ।

उस्ताउस्तै प्रकृतिका सिकलसेल र थालेसेमिया रोगले सबैभन्दा बढी पश्चिम तराईका थारु समुदाय प्रभावित छन् । जुनसुकै समुदायमा देखिने भएपनि यो रोग हाल थारु समुदायमा बढी देखिएको छ । सरकारले सिकलसेल भएका बिरामीलाई एक लाख बराबरको उपचार निःशुल्क गरे पनि थालेसेमियाका बिरामीहरूले यो सुविधा पाएका छैनन् ।

अबका पुस्ताले रगत जाँच गरेर विवाह गरेमात्र यो रोगबाट बच्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकलसेल फोकलपर्सन डा. राजन पाण्डेले बताउनुभयो । भेरी अस्पतालमा हाल करिब नौ सय जना सिकलसेलका बिरामीले निशुल्क उपचार गराइरहेका छन् ।।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार