२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुरमा कांग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रवेश



तुलसीपुर , १८ साउन ।
तुलसीपुरमा कांग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले तुलसीपुरले बुधवार तुलसीपुर ९ दोघरेमा आयोजना गरेको पाटी प्रशिक्षण कार्यक्रमको अवसरमा उनीहरु एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेहरुमा तुलसीपुर ४ निवासी दिलमाया परियार, दिनानाथ नेपाली र प्रेम बहादुर कुवँर रहेका छन् ।
नवप्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्य तथा दाङका ईन्चार्ज नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे,केन्द्रिय सदस्य कोमल वलीले टिका लगाएर स्वागत गर्नु भएको हो । एमालेमा प्रवेश गर्दै महिला नेतृ दिलमाया परियारले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएको १६ वर्ष पछि पाटी परित्याग गरी एमालेमा प्रवेश गरेको बताउनु भयो ।
जनभावना बुझने पाटी एमाले भएकाले आफुहरु पाटी प्रवेश गरेको उनीहरुको भनाई छ ।कांग्रेस पाटी भित्र व्यक्तिवादी, पुजीवादी , नातावाद र कृपावादको विकास हुर्दै गएको बताउदै उनीहरुले त्यो प्रबृत्ती आफुहरुलाई मन नपरेको बताएका छन् । एमालेमा प्रवेश गर्नुभएकी परियारले तत्कालिन हलवार गाविस स्तरिय दलित संजालको कोषाध्यक्ष, उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।
यस्तैगरी हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कोषाध्यक्ष समेत रहनु भएको छ । तुलसीपुर ४ मा उनीहरु एमालेमा प्रवेश गरे संगै वडामा संगठन थप बलियो भएको वडा ईन्चार्ज बालकृष्ण राना (धुव्र)ले बताउनुभयो ।
उहाले नवप्रवेशीहरुलाई स्वागत गर्दै उनीहरुको प्रवेश संगै वडामा एमाले अझ बलियो पाटी बनेको बताउनुभयो । उहाले वडामा कांग्रेस,माओवादी केन्द्र भन्दा एमाले बलियो संगठनका रुपमा स्थापित भएको दावी गर्नुभयो । वडामा एमालेको वडा सरकार हुदा भएको विकास निर्माणले नागरिकहरु प्रभावित भएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार