२०८१ माघ १२ गते शनिवार

वडास्तरिय विपद् व्यवस्थापन समिति गठन



तुलसीपुर,२१ साउन ।
तुलसीपुर उपमहानगरपालिका १६ ले शुक्रबार वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरेको छ ।
वडाध्यक्ष शिवानन्द डाँगीको संयोजकमा २२ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा रिखा शर्मा पोख्रेल, मोहनलाल थारू, पार्वता कमी, देव बहादुर चौधरी, प्रकाश खड्का, मेघराज लम्साल, विष्णु क्षेत्री, डम्बर बस्नेत रहेका छन् ।

यस्तै लिलाधर वली, प्रेम पुन, कृष्ण बस्नेत, विष्णु वली, टोपेन्द्र लामिछाने, लोक बहादुर वली, इन्द्र देवकोटा, अर्जुन राजगुरु, जयसुद्धा चौधरी, माया चौधरी, गणेश कुमार चौधरी, आनन्द हितान र मित्रलाल बिक रहेका छन् ।

यस्तै वडाले शनिबार वडा कार्यालयमा र लक्ष्मी मावि लक्ष्मीपुर विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वडा कार्यालयमा र विद्यालयमा विभिन्न प्रकारका तिरुवाहरू रोपिएको हो । सुनौलो सिर्जनशील युथ क्लबको आयोजनामा र वडा कार्यालयको समन्वयमा वृक्षारोपण गरिएको हो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार