२०८१ असोज १९ गते शनिवार

सिमलतारा सिंचाइँकुलो तथा बाँध निर्माणको सर्बे



गढवा, २५ साउन ।
जलवायु मैत्री कृषि कार्यक्रम अन्तर्गतकको सिमलतारा सिंचाइँकुलो तथा बाँध निर्माणको सर्बे गरिएको छ।
गढवा गाउपालिकाका वडा नम्बर -५ सिमलतारा को स्थलगत सर्बे गरिएको इन्जिनियर अञ्जन अधिकारीले जानकारी दिनु भएको छ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणकोको जलबायु संयोजक सुनिल चौधरी, इन्जिनियर अञ्जन अधिकारी, गढवागाउँपालिकाका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापा, बिष्णु प्रसाद पोख्रेल, मिना कुमारी बुढा, सिमलतारा कुलो सिँचाइ बाँध समितिका अध्यक्ष तोयाराम पुन, टोल बिकाश समितिका अध्यक्ष चन्द्र कुमार थापा लगायतकाको उपस्थितिमा सर्बे गरिएको हो ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको जलबायु संयोजक सुनिल चौधरी, इन्जिनियर अञ्जन अधिकारीको टिमले कुलोको सर्बे गरेको छ।

सर्बे सकिए लगत्तै गढवागाउँपालिका र नेपाल जलवायु परिवर्तन समिति संग सहकार्य गरी तत्काल काम सुरु गरिने वडाध्यक्ष लेखराज थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार