२०८१ जेष्ठ ३१ गते बिहिवार

संयुक्त एम्बुलेन्स चालक संघ दाङको अध्यक्षमा रिजाल



दाङ, २८ साउन ।
संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल दाङको अध्यक्षमा सुवास रिजाल चयन हुनुभएको छ । संघको चौथो अधिवेशनले रिजालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा सत्रुधन चौधरी, उपाध्यक्षमा अशोक ठेटी, सचिवमा देवीराम चौधरी, कोषाध्यक्षमा भोजराज भट्टराई चयन हुनुभएको छ । यस्तै संघको सदस्यहरुमा महेन्द्र विक, तिर्थबिर चौधरी, श्रवण पौडेल, सुवास चौधरी, बिरु चौधरी, निराजन चौधरी र लालबहादुर चौधरी चयन हुनुभएको छ ।

अधिवेशनले प्रकाश भट्ट र कृष्णबहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको छ । संघको चौथो अधिवेशन तथा आठौँ साधारण सभा शनिबार तुलसीपुरमा भएको हो ।

 

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार