तुलसीपुर, ३१ साउन ।
नेपाल प्रहरी श्रीमती संघको ३८ औ वर्र्षिक उत्सवको अवसरमा सोमबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले रक्तदान कार्यक्रम गरेको छ । कार्यालय परिसरमै एक औपचारिक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको अधक्ष्यता तथा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बिपद ब्यबस्थापन गुल्म, जिप्रका दाङ लगायत प्रहरी कार्यालयहरूमा कार्यरत ४२ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् ।
त्यस अवसरमा रक्तसञ्चार सेवा केन्द्रका तुलसीपुरका प्रमुख नरेश चौधरी, पूर्ब प्रहरी कर्मचारी संगठन तुलसीपुरका अध्यक्ष खुसल वहादुर आलेले मानविय धर्मको उत्तम कार्य रक्तदान भएको बताउनुभयो । मानविय जीवन बचाउने जस्तो पबित्र कामको लागी रक्तदान गरेकोमा बक्ताहरूले रक्तदाताहरूप्रति प्रशंसा गरेका थिए ।
कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान घनश्याम बुढाथोकीले गर्नु भएको हो ।