दाङ, ३१ साउन ।
जिल्ला स्तरिय खुला महिला तथा पुरुष छनोट खोखो प्रतियोगिता मंगलबार आजदेखि दाङको तुलसीपुरमा सुरु भएको छ ।दाङ जिल्ला खोखो संघको आयोजना तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको समन्वयमा प्रतियोगिता संचालन भएको हो ।
प्रतियोगिताको नेकपा एमाले प्रदेश कमिटी सदस्य बिनोद कुमार शर्माले उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उहाँले स्वस्थ जीवनशैलीका लागि खेलकुद अतिनै महत्त्वपूणर् भएको बताउनुभयो ।
‘खेलकुद त्यो क्षेत्र हो जसले एउटा स्वस्थ र अनुशासित मात्र नभई राष्ट्रका लागि जिम्मेवार नागरिक तयार गर्छ, त्यसैले यसको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
दाङ जिल्ला खोखो संघका अध्यक्ष प्रकाश रावतको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य शर्माको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक र जिल्ला खेलकुद बिकास समितिका पुर्व सदस्य टोपेन्द्र थापाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
बबई गाउँपालिका खोखो संघका अध्यक्ष कुल बहादुर डागीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिताको महिला तर्फ सप्तरङ्गी बोर्डिङ स्कुल बेलुवा र सहिद स्मृति आबासिय माबी ए फाईनल प्रवेश गरेका छ्न् । त्यस्तै बबई गाउँपालिका तृतिय भएको छ ।
उता पुरुष तर्फ सुनौलो सृजनशिल युवा क्लब तुलसिपुर १६ फाईनल प्रवेश गरेको छ । त्यस्तै पुरुष बि पोल तर्फका क्वाटर र सेमिफाइनल खेल संगै फाईनल खेल बुधवार बिहान हुने लुम्बिनी प्रदेश खो खो संघका उपाध्यक्ष उषा कवर मगरले जानकारी दिनु भएको छ । प्रतियोगितामा महिला तर्फ ४ र पुरुष तर्फ ६ टिमको सहभागिता रहेको छ ।