२०८१ असार १ गते शुक्रवार

दुई छुट्टाछुट्टै घटनामा परी बाँकेका तीन जनाको मृत्यु



दाङ, ४ भदौ ।
बाँकेमा दुई छुट्टा छुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १७ ढोडेनीका २५ वर्षीय बब्लु कलवार, बाबु ४० वर्षीय परशुराम कलवार र जानकी गाउँपालिका ५ का मुङसीलाल प्रवलका ७ बर्षिय छोरा संन्जु प्रवल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाको छ ।

आज विहान ७ बजे अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र बचाउन खोज्दा बाबु परशुराम र हजुर आमा रामराजिलाई करेन्ट लागेको होे ।

बब्लुको घटना स्थलमै मृत्यु भएको होे भने परशुरामको नेपाल नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते ८५ वर्षीया रामराजीको भने उपचारपछि अवस्था सुधार भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज बिहान ५ बजे सोही ठाउकै संन्जु प्रवलको घर नजिकै खाल्डोमा डुवेर मृत्यु भएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार