दाङ, ६ भदौ ।
नवौँ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङ जिल्ला स्तरिय खेलाडी छ्नोट यहि भदौ १७ गते देखि सुरु हुने भएको छ ।
दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा संचालन हुने छनोट प्रतियोगिताको औपचारिक उद्घाटन आउँदो भदौ १७ गते बिहान ११ बजे बेल्झुण्डी रंगशालामा गर्ने कार्यक्रम तय भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा सोमबार (आज) बसेको पुणर् बैठकले दाङबाट प्रतिनिधित्व गर्ने २९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाड्फाड सहित भदौ १७ देखि १९ गते सम्म जिल्ला छनोट सम्पन्न गर्ने निणर्य गरेको समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिनुभयो ।
बैठकले अध्यक्ष हमाल संयोजक रहेको २५ सदस्यीय प्रतियोगिता संचालन मुल समिती तथा ४ सदस्यीय अनुगमन समिती र मुल समितिको मातहतमा रहने गरि विभिन्न खेलका उपसमिती संयोजक समेत तोकेको छ ।
तेक्वान्दो, कराते, बक्सिङ, टेवलटेनिस, शारीरिक सुगठन खेलको संयोजकमा समितिका कोषाध्यक्ष ध्रुव आचार्य, बुद्धिचाल, रग्बी, भलिबल र एथलेटिक्स खेलको संयोजकमा उपाध्यक्ष पाल्पी चौधरी, कबडी, ह्याण्डबल र बास्केटबल संयोजकमा सदस्य सन्तोष लामिछाने, उसु, साईकिलिङर सुटिङ संयोजकमा सुटिङ प्रशिक्षक तथा कार्यालय प्रमुख शान्ती सोमै, भारोत्तोलन र जुडो खेलको संयोजकमा सदस्य सन्तोष वली रहनुभएको छ ।
यसैगरेर फुटबल खेल संयोजकमा सदस्य अनिल रिजाल, फुलकन्ट्याक कराते संयोजक सदस्य नोखी रावत, सफ्ट टेनिस र आईटिएफ तेक्वान्दो संयोजकमा सदस्य रबि श्रेष्ठ लगाएत रहनु भएको छ ।
छनोट प्रतियोगिता जिल्लाका तुलसीपुर, घोराही, लमही र बेल्झुण्डीमा हुनेछ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आउदो असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुदैछ ।
त्यस अवसरमा जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख मित्र गौतम, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राई, क्रीकेटका लुम्बिनी र कणर्ाली प्रदेश छनोट समितिका संयोजक कैलाश रोका, दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष सीता राम शर्माले आफ्नो धारणा राख्नुभएको हो ।
यस्तै दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी, एथलेटिक्स मुख्य प्रशिक्षक पद्मा चौधरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, दाङ जिल्ला क्रीकेट संघका सचिव सन्जु क्षेत्री, बास्केटबलका बिपिन केसी, कराते प्रशिक्षक बलराज नेपाली, दाङ जिल्ला सुटिङ संघका अध्यक्ष केशव चौधरी लगाएतकाले मन्तव्य राख्नुभएको हो ।
कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले संचालन गर्नु भएको हो ।