२०८१ असार १ गते शुक्रवार

दाङ-सल्यान सडक फेरि अवरुद्ध



दाङ, १० भदौ ।
गएराती देखि परेको अविरल वर्षातका कारण साततालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् ।

पहिरोका कारण बिहानैदेखि सवारी साधन रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत बहादुर शाहीले जानकारी दिनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार