दाङ, २७ भदौ ।
निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरूले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।
बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दहरूलाई सूचित गर्नेछ । दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।
उम्मेदवारको बन्दसूची पेश गर्दा ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भएको प्रक्रिया पूरा गरी ऐन, नियमावली तथा निर्देशिकाबाट निर्देशित भएबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी आवश्यक कागजात पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार