दाङ, ३१ भदौ ।
दाङसहित देशका विभिन्न ठाउँमा आज भारी वर्षाको अनुमान गरिएको छ । आज गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यन्त धेरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम पूणर् रूपमा खुल्ने सम्भावना छैन । गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राति पनि लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अतिभारी तथा बाँकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि सुदूरपश्चिमका थोरै तथा तराई भूभागका एकदुई स्थानमा भारीदेखि अति धेरै वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढ्ने भएको छ । बाढी र पहिरोको जोखिम हुने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।