२०८१ फाल्गुन २ गते शुक्रवार

युथ्स अफ तुलसीपुरको दशैँ मिलन कार्यक्रम



तुलसीपुर, १५ असोज ।
युथ्स अफ तुलसीपुरले दशै तथा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष अरूण लहरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य जनक खरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उहाँले युवा नै परिवर्तनको संवाहक भएको बताउनुभयो । लागुऔषध सेवन तथा दुव्र्यसनीमा फस्दै गएकाले यसबाट सचेत रहन सबै युवालाई उहाँले आग्रह गर्नुभयो ।
क्लबका सल्लाहकार डम्बर डाँगी, नेपाली कांग्रेस तुलसीपुरका सुरेश हमाल लगायतले परिवर्तन युवाबाटै हुने भएकाले आर्थिक तथा सामाजिक विकासमा युवा जागरुक एवं सिर्जनशिल हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण क्लबका सचिव आकाश भण्डारीले गर्नुभयो ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार