२०८१ माघ १२ गते शनिवार

नेकपा एस दाङमा गठबन्धनमा नरहने



दाङ, २३ असोज ।
नेकपा एकिकृत समाजवादी दाङले गठबन्धनमा नरहेको स्पष्ट पारेको छ ।  पाटीलाई नै समाप्त पार्ने गरी गठबन्धन दलले निर्णय गरेको भन्दै दाङ जिल्ला कमिटीले जिल्लामा गठबन्धनलाई सहयोग नगर्ने स्पष्ट पारेको हो ।

नेकपा एसका जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वलीको अध्यक्षमा शनिबार बसेको बैठकले नेपाली कांगे्रेस, नेकपा माओवादी केन्द्रसंगको गठबन्धन नभएको नेता कार्यकर्तालाई स्पष्ट पारेको हो ।

जिल्ला उपाध्यक्ष वलीसहित सचिव डिल्लीबहादुर डाँगी, प्रदेश कमिटी सदस्य देउमन दमाई, बिनोद कुमार पुन लगायतको उपस्थितिमा बसेको बैठकले पाटीलाई कमजोर बनाउने गरी सिट बाँडफाँड गरिएको निष्कर्श निकालेको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार