२०८१ मङ्सिर २३ गते आइतवार

विकासे बजेट १० प्रतिशतभन्दा कम खर्च



दाङ, ५ कार्तिक ।
चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि दाङमा विकास खर्च निराशा जनक देखिएको छ । तथ्यांक अनुसार जिल्लामा विकास निर्माणका लागि आएको बजेटको अहिलेसम्म १० प्रतिशत पनि खर्च भएको छैन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका अनुसार पहिलो चौमासिकमा जिल्लामा संघबाट आएको विकास बजेट ९ प्रतिशचत खर्च भएको छ भने प्रदेशबाट आएको विकास बजेट ५ प्रतिशतमात्रे खर्च भएको छ ।

दोस्रो चौमासिकबाट अधिकांश विकासे आयोजना शुरु हुने भएकाले शुरुको चौमासिकमा खर्च कम भएको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका प्रमुख शिब प्रसाद चौधरीले बताउनुभयो ।

तर आर्थिक वर्षको शुरुमा काम नगर्ने र अन्त्यमा हतारोमा खर्च गर्ने प्रवृति वर्षौँदेखि रहेको उहाँको भनाई छ । यसवर्ष मंसिरमा चुनाव भएपछिमात्रै विकासे आयोजना शुरु हुने अनुमान गरिएको प्रमुख चौधरीले बताउनुभयो । यो खबर गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार