२०८१ चैत्र ५ गते मङ्गलवार

दक्षिण कोरियाको सियोलमा भागदौड हुँदा १ सय ४९ जनाको मृत्यु



एजेन्सी, १३ कार्तिक ।
दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड हुँदा १ सय ४९ जनाको मृत्यु भएको छ । अन्य ७६ जना घाईते भएका छन् । गएराति हलोविन मनाउन जम्मा भएको भिड बढेपछि भागदौड भएको हो ।

भागदौडका क्रममा मृत्यु हुनेमा दुई जना विदेशी र धेरै २० वर्षमुनिका रहेका बीबीसीले जनाएको छ । घाइतेमध्ये १९ जनाको अवस्था गम्भिर रहेको र ५७ जनाको अवस्था सामान्य रहेको पनि खबरमा उल्लेख छ ।

राष्ट्रपति युन सुक-योलले घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । अहिलेसम्म घटनाको कारण खुलेको छैन । यसबारेमा अनुसन्धान हुने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार