२०८१ बैशाख ५ गते बुधवार

नवलपरासीमा बस दुर्घटना : ५ जनाको मृत्यु, २७ जना घाइते



दाङ, १३ कार्तिक ।
नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर पाल्पाको रम्भादेवी गाउँपालिका-१ का ४१ वर्षका तारा विक, १७ वर्षका विनय विक, ६२ वर्षका धनी विक, ५८ वर्षका देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका-९ बेलचौरका ४५ वर्षका जुलमाया माझीको घटनास्थलमै मृत्यु भएको हो ।

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिका-२ मोथारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार