२०८१ असोज १८ गते शुक्रवार

पालिकाका जनप्रतिनिधिले आफ्नो पालिकाभित्र उठेका पाटीका उमेदवारको प्रचार गर्न नपाउने



दाङ, १६ कार्तिक ।
निर्वाचन आयोगले पालिकामा निर्वाचित जनप्रतिनिहरूले आफ्नो पालिकाभित्र उठेका आफ्नो पार्टीका उमेदवारको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । अन्य पालिकामा गएर भने प्रचारप्रसार गर्न पाइनेछ ।

पालिकामा निर्वाचितहरुले आफ्नो पालिकाभित्र आफ्नो दलको उमेदवारको प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

अर्को पालिकामा गएर प्रचार गर्दा पनि निर्वाचित प्रतिनिधिले सरकारी सम्पत्तिको प्रयोग गर्न पाउने छैनन् ।

सरकारी सम्पत्तिको निर्वाचन प्रचारमा पालिकाका प्रतिनिधि मात्रै नभएर संघ र प्रदेश सरकारका निर्वाचित प्रतिनिधिले पनि नपाउने आयुक्त भण्डारी बताउनुहुन्छ ।

पदीय दुरुपयोग गर्दै सरकारी सम्पत्ति प्रयोग गरेको पाइए कारबाही गर्ने उहाँको चेतावनी छ ।

निर्वाचन आचारसंहिताको पूणर् पालना गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको र त्यहीअनुसार अगाडि बढिरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार