२०८० फाल्गुन १३ गते आइतवार

एनएमबि बैँकद्धारा खानेपानी संस्थालाई ल्यापटप र प्रिन्टर सहयोग



दाङ, २४ कार्तिक ।
एनएमबि बैंक तुलसीपुर शाखाले तुलसीपुरको एक खानेपानी संस्थालाई ल्यापटप र कम्प्युटर सहयोग गरेको छ ।

बैंकले अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरेको हो ।

बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

बंैकले सामाजिक उत्तरदायीत्व अन्तर्गत खानेपानी संस्थालाई सामग्री सहयोग गरेकोे उहाँले बताउनुभयो ।

उहाँले बैँकले सामाजिक कार्य पनि गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो शाखाको तर्फबाट सहयोग गरेको बताउनुभयो ।

उहाँले खानेपानी संस्थाको सेवालाई प्रभावकारी बनाउनका लागि सहयोग गरेको बताउनुभयो ।

‘बैँक अफ दि ईयर एसिया २०२१’ बाट समेत सम्मानित एनएमबि बैँकले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ ।

संस्थाका कोषाध्यक्ष केशव वलीले सामाग्री सहयोग गरेको भन्दै बैँकलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार