दाङ, ५ मंसिर ।
दाङमा मतगणना बिहान १० बजेदेखि गर्ने तयारी गरिएको छ । तीन प्रतिनिधि र छ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा तीन ठाउँबाट मत गणना हुने भएको हो ।
क्षेत्र नम्बर १ को लमही नगरपालिकाको सभाहल, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको कार्यालय घोराही र क्षेत्र नम्बर ३ को भु–संरक्षणको कार्यालय तुलसीपुर मत गणना हुने भएको हो ।
तीन वटै ठाउँमा मतगणनाका लागि आवश्यक तारजाली र सिसि क्यामरा जडान गरिएको छ । यसअघि प्रत्यक्षतर्फको मत गणना सकेपछि समानुपातिक तर्फको मतगणना गर्ने तयारी गरिएपनि निर्वाचन आयोगको पछिल्लो परिपत्रले दुवै तर्फको मतपत्र संगसंगै गणना गर्ने भएकाले अहिले सर्वदलिय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिनुभयो ।
प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र संगसंगै गणना हुने भएकोले केहि ढिलाई हुन लागेको उहाँले बताउनुभयो । उहाँले गएराती राती १ बजेसम्म सबै ठाउँको मतपेटिका गणनास्थलमा आइपुगेको बताउनुभयो ।।