
दाङ, १० मंसिर ।
दाङको तुलसीपुरमा सबैभन्दा बढी घरेलुहिंसाका घटना हुने गरेका छन् । तुलसीपुर उपमहागरपालिकाको न्यायिक समिती र इलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्यांक अनुसार सबैभन्दा बढी घरेलु हिंसाका घटना हुने गरेको देखिएको हो ।
बितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा तुलसीपुरमा २६८ वटा घरेलु हिंसाका घटना भएको देखिएको छ । प्रहरीमा भन्दा न्यायिक समितिमा घरेलु हिंसाका घटना बढी आउने गरेका छन् ।
बितेको आर्थिक वर्षमा प्रहरीमा ६८ वटा उजुरी आएकोमा न्यायिक समितिमा १०३ वटा मुद्धा आएको देखिएको छ । यस्तै चालुवर्षमा प्रहरीमा ६३ वटा उजुरी आएकोमा न्यायिक समितिमा ३४ वटा उजुरी आएका छन् । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाका अनुसार घरेलु हिंसाको घटनापछि जवरजस्ती करणीका उजुरी आउने गरेका छन् ।
बितेको १८ महिनामा ३७ वटा सामाजिक हिंसाका ४०, जवरजस्ती करणीका ३७ घटना भएका छन् । यस्तै स्वमरणका ३३, बहुविवाहका २२, जवरजस्ती करणी उद्योगका ११, हाडनाता जवरजस्ती करणी ९, मानव बेचविखन तथा ओसारपोसार, बाल यौन दुराचार र अप्राकृतिक मैथुन करणीका १/१ वटा घटना भएका छन् ।।