२०८० फाल्गुन १७ गते बिहिवार

निर्वाचन अपडेट : १४६ ठाउँको नतिजा सार्वजनिक



दाङ, १० मंसिर ।
प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १४६ वटाको नतिजा सार्वजनिक भएको छ । यो समाचार तयार पार्दा सम्म प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ४९ ठाउँमा जित हासिल गरेको छ भने ५ ठाउँमा अगाडी छ ।

यस्तै एमालेले ३८ ठाउँमा जित निकालेको छ भने ६ ठाउँमा अग्रता लिएको छ । यसैगरी नेकपा माओवादी केन्द्र १६ जित निक्लदै २ ठाउँमा अग्रता लिएको छ ।

यस्तै एकीकृत समाजवादीले १० ठाउँमा जित निकालेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित निकाल्दै १ ठाउँमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६मा जित निकाल्दै १ ठाउँमा अग्रता लिएको छ । यस्तै जनता सामाजवादी पाटी ४ जित निकल्दै १ ठाउँमा अग्रता लिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ ठाउँमा जित निकालेको छ । नागरिक उन्मुक्ति पाटीले तीन ठाउँमा जित निकालेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार