२०८० फाल्गुन १७ गते बिहिवार

आजदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्ने



दाङ,११ मंसिर ।
गत मंसिर १ गतेदेखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन आजदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आजदेखि पुनः सुचारु हुने जानकारी दिएको हो ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १ बाट अनलाइन आवेदन बन्द गरेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार