२०८१ असोज २७ गते आइतवार

महोत्सवको दोस्रो दिन कलाकारसँग रमाउदै दर्शक

३ हजार ५ सय बढी दर्शकले मेला अवलोकन गरे


दाङ, २६ मंसिर ।
दाङको तुलसीपुरमा महोत्सव जारी रहेको छ । हिजो देखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सव को आज दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । यूथ्स अफ तुलसीपुरको आयोजनामा हिजोदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको दोस्रो दिन आज राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ(आफ्नो प्रस्तुति राखेका छन् । आज गायक कमल खत्रि, चन्द्र शर्मा, प्रेम विवस घर्ति, गायिका सुनिता अधिकारी लगाएत कलाकारले आ(आफ्नो प्रस्तुति राखेका हुन् ।

त्यस्तै आज करिब ३ हजार ५ सय बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले बताउनुभयो । त्यस्तै मेलामा भोली गायक खुमन अधिकारी, गायिका टिका सानु, गायिका तथा उद्घोषक मञ्जु पौडेल, मोडल तथा डान्सर अभिषेक खड्का लगाएतका कालाकारहरु आउने उहाँले बताउनुभयो ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।
महोत्सव पोष ६ गते सम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार