दाङ, ८ पुष ।
तुलसीपुर १० मा रहेको प्रावि गौरीगाउँमा वालविकास देखि ५ कक्षासम्म अध्ययनरत ५५ जना बालबालिकालाई समाजसेवी टोपबहादुर महताराले सुईटर बितरण गर्नुभएको छ ।
सुईटर वितरण गर्दै उहाँले बालबालिकाहरु जाडोकै कारणले पढाईबबाट बञ्चित नहोउन र पढाईमा केहि सहजता होस भन्ने उद्वेश्यले न्यानो कपडा बितरण गरेको बताउनुभयो । साथै आफुले मजदुरी गरेर आर्जन गरेको रकमबाट केहि रकम कटौति गरेर सहयोग गरेको हँुदा आफुले गरेको सहयोगको सदुपयोग गरिदिन उहाँले सम्पुणर् अभिभावकलाई आग्रह समेत गर्नुभयो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष कृष्ण कुमारी चौधरीको अध्यक्षता तथा वडा नम्बर १० का कार्यबाहक वडाअध्यक्ष ज्ञानबहादुर खड्काको प्रमुख आतिथ्यता तथा समाजसेवी महताराको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी खड्काले बालबालिकालाई गरेको सानो सहयोगले पढाइमा सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी समाजसेवी गिता बिष्ट, पत्रकार आशिष केसि लगायतकाले बोल्नु भएको हो ।
कार्यक्रममा बिद्यालयका शिक्षक जानकी गुरुङले विद्यार्थिलाई न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद ज्ञापन र सहजीकरण बिद्यालयका प्रधानाध्यापक लक्ष्मीराज गिरीले गर्नुभएको हो । बिगतका बर्षदेखि सामाजिक कार्य गर्दै आउनुभएका उहाँले सो बिद्यालयका ५५ जना बालबालिकालाई करिब २५ हजार बराबरको न्यानो कपडा वितरण गर्नुभएको हो ।