२०८१ माघ १२ गते शनिवार

आइतबारको ९ घण्टाः देउवाबाट छुटेका प्रचण्डलाई ओलीको साथ



१० पुस, काठमाडौं । शनिबार साँझ साढे ७ बजे सत्तारुढ गठबन्धनको बैठक सकेर प्रधानमन्त्री निवास वालुवाटारबाट निस्कँदै गर्दा कांग्रेस नेता सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए, ‘प्रधानमन्त्री पहिले को हुने भन्ने विषय गौण हो । भोलिसम्म सत्ता गठबन्धनकै सरकार बन्छ ।’

गठबन्धनको बैठक बिहान १० बजेलाई राखिएको थियो । तर, आइतबारको राजनीतिक खेल कार्कीले भने जस्तो गरी अगाडि बढेन । आइतबार विहान ८ बजेपछिका राजनीतिक घटनाक्रमपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने तर मिलेर चुनाव लडेको दल नेपाली कांग्रेस नभई नेकपा एमालेको सहयोगमा ।

दिनभरमा के के भयो ?

विहान ८ बजेः सत्तारुढ गठबन्धनको बैठक १० बजे बोलाइएपनि कांग्रेस नेताहरु ८ बजेदेखि नै अनौपचारिक छलफलमा जुटेका थिए ।बिहान ८स् ३० बजेस् प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारीहरुको बैठक बस्यो । बैठक चलिरहँदा कांग्रेस नेता बिमलेन्द्र निधि सभापति शेरबहादुर देउवाको सन्देश लिएर प्रचण्ड भेट्न खुमलटार आइपुगे । उनले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद लिने भन्दै प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री लिन प्रस्ताव गरे ।

त्यसपछि महासचिव देव गुरुङलाई लिएर प्रचण्ड वालुवाटार गए । नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, अग्नि सापकोटा र कृष्णबहादुर महराले एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतसँग संवाद सुरु गरे ।

बिहान ९ बजे कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की सहितका नेतालाई प्रचण्ड र ओलीसँगको भेटबारे ब्रिफिङ गरे ।

बिहान ९:२५ बजे बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु छलफलमा बसे । प्रधानमन्त्रीको पहिलो कार्यकाल कांग्रेसले नै लिनुपर्ने अडान ।

बिहान १० बजे शेरबहादुर देउवा र प्रचण्डबीच छुट्टै छलफल सुरु । दुई नेताबीच करिब आधा घण्टा छुट्टै छलफल चलेपछि माधव नेपालको प्रवेश । तीन नेताबीच करिब २० मिनेट छलफल ।

१०:३० बजे  झलनाथ खनालसहित गठबन्धनमा रहेका अरु दलका नेताहरु पनि बालुवाटारमा उपस्थित ।

बिहान ११ बजे बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु । गठबन्धनको बैठक रोकेर देउवा र प्रचण्ड, प्रचण्ड र माधव, माधव र देउवाबीच पटक(पटक छुट्टाछुट्टै छलफल । पहिले को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद । देउवा र प्रचण्डको आफैँ पहिले प्रधानमन्त्री हुनुपर्ने अडान । माधव नेपालको पनि प्रचण्डलाई पहिले प्रधानमन्त्री दिनुपर्ने राय ।

कांग्रेस नेताहरु बिमलेन्द्र नीति, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का लगायतका नेताहरुद्वारा निरन्तर देउवालाई पहिले प्रधानमन्त्रीको अडान नछाड्न सुझाव ।

दिउँसो १२:३० बजे पार्टीभित्र दबाव परेको भन्दै देउवाका तर्फबाट निधिले प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउन नसकिने आशय गठबन्धनको बैठकमा प्रस्तुत ।

दिउँसो १:१५ बजे स् प्रचण्ड बालुवाटारबाट बाहिरिए । ओली निवास वालकोट जान भनेर हिँडेका प्रचण्ड आफ्नै निवास खुमलटार प्रवेश । दिउँसो १२ बजे वरिपरी नै माओवादी महासचिव देव गुरुङ ओली निवास वालकोटमा ।

१:३७ बजेस् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट प्रवेश ।

१:५५ बजेस् रास्वपा सभापति रवि लामिछाने बालकोट प्रवेश ।

२ बजे जसपाका संघीय परिषद अध्यक्ष अशोक राई बालकोट प्रवेश ।

२:१० बजेस् प्रचण्ड बालकोट प्रवेश । बालकोटमा नेताहरुबीच छलफल सुरु । प्रचण्ड बालकोट प्रवेश नगर्दै पार्टीमा छलफल गर्न भन्दै राप्रपा अध्यक्ष लिङ्देन बालकोटबाट बाहिरिए ।

सवा ३ बजेः सीके राउत बालकोट प्रवेश ।

३:२५ बजेः मा निर्णय – प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउने । राष्ट्रपति एमालेले लिने र सभामुखमा आलोपालो गर्ने अनौपचारिक सहमति ।

साढे ४ बजेः १६६ सांसदको समर्थन लिएर प्रचण्ड एमाले(माओवादीलगायतका दलका नेतासहित शीतल निवास प्रस्थान ।

५ बजेस् प्रचण्डद्धारा राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत । केही बेरपछि प्रचण्ड ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त । राष्ट्रपति कार्यालयदवारा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय ।

बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्मको यही ९ घण्टाकै बीचमा आम चुनावबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस संघीय सरकारदेखि प्रदेश सरकारसम्म, राष्ट्रपति र उपराष्ट्रपतिदेखि संघीय संसद र प्रदेशका सभामुख र उपसभामुखसम्म गुमाउने स्थितिमा पुगेको छ ।

९ घण्टा अगाडिसम्म प्रधानमन्त्री र राष्ट्रपतिमा अडान राखिरहेको कांग्रेस सभापति देउवा अब प्रमुख प्रतिपक्षी दलको नेता बन्ने निश्चित भएको छ । उता, सत्ता गठबन्धन भत्काएर सरकार बनाउने प्रयास रहेको एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति लिने सहमति गरेको छ ।

सभामुखमा आलोपालो गर्ने सहमति गरेको एमालेले सातवटै प्रदेश सरकारमा गठबन्धनमा रहेका सात दलमध्ये सबैभन्दा ठूलो दलको हैसियतमा हिस्सा लिनेछ

अनलाइनखवरमा मा समाचार रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार