२०८१ जेष्ठ ९ गते बुधवार

चिसो मौसममा एमटी महरको ‘जोवन साटम्ला ’ गितले ततायो, बजार



 

दाङ-

एमटी महरको ‘जोवन साटम्ला ’ बोलको गितले बजार तताएको छ । तीन दिनअघिमात्रै सार्वजनिक भएको गितलाई अहिलेसम्म युट्युवमा १ लाख बढीले हेरिसकेका छन् । गितलाई यो समाचार तयार पार्दासम्म १ लाख ७ हजार २ सय पटकसम्म हेरिएको छ ।

एमटी महर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गितलाई हेर्ने दर्शकको संख्या बढ्दै गएको छ भने गितले टिकटकमा पनि चर्चा कमाएको छ ।

लोक गायक महरकै लय तथा शब्द संकलनमा रहेको जोबन साटम्ला बोलको गित मायाँपिरतीमा आधारित छ । ‘दुखै परे घाँसै काटम्ला, दुनियाले जे सुकै भन्छ भन्न देउ अर्को साल त जोबन साटम्ला’ यो गितमा गायक महर र सुनिता बुढा क्षेत्रीले स्वर दिनुभएको छ ।

गाउँले जीवन घाँसदाउरा गर्दै गर्दा बसेको माया पिरती गितको कथावस्तुमा समेटीएको छ । प्रकास भट्टको निर्देशन तथा कोरियोग्राफ रहेको भिडियोमा एमटी महर, चिरन्जीवी डाँगी, आरुसी मगर र अस्मिता रनपालले अभिनय गर्नुभएको छ ।
भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार