२०८१ जेष्ठ १६ गते बुधवार

दाङसहित तराईका जिल्लामा बिहानैदेखि हुस्सु



दाङ, १ माघ ।
दाङसहित तराईका जिल्लामा बिहानैदेखि हुस्सु लागेको छ । लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन् । तराई/मधेसको हुस्सु र कुहिरो पनि घाम लागेपछि बिस्तारै हट्नेछ ।

यस्तै आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार