२०८० फाल्गुन १७ गते बिहिवार

बस्नेतद्वारा मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य सेवा



दाङ, १ माघ ।
तुलसीपुरको साथी पोलिक्लिनीकका सञ्चालक युवराज बस्नेतले मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । आफ्नी छोरी साया बस्नेतको जन्मदिनको अवसर पारेर तुलसीपुरको मानव सेवा आश्रममा आश्रय लिईरहेका ३५ जनाको निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी समेत वितरण गर्नुभएको छ ।

छोरी ७ बर्षपुरा गरेर आठौ बर्षमा प्रबेश गरेको अवसरमा आश्रममा आश्रय लिईरहेका बेसाहारा नागरिकको निःशुल्क स्वास्थ्य परिक्षणको साथै औषधी वितरण गरेको आश्रमका जिल्ला संयोजक हिरु जोशीले बताउनुभयो ।

अस्पतालका सञ्चालक बस्नेतले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर फजुल खर्च नगरेर बेसाहारा नागरिकलाई सेवा पु¥याएको बताउनुभयो ।

बस्नेतको नेतृत्वमा छाला रोग बिशेषज्ञ सिहतका डाक्टरबाट स्वास्थ्य जाचँको सुबिधा प्रदान गरेको जोशिले बताउनुभयो । यस्तै आश्रमका बेसहारा नागरिकको स्वास्थ्य जाँच गरिदिएकोमा आश्रमले अस्पतालप्रति आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार