२०८० चैत्र १५ गते बिहिवार

दाङ : एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु



दाङ, ९ माघ ।
दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट घोराही उपमहानगरपालिका-१० नारायणपुर निवासी ४५ वर्षीय पूणर् पुनमगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका पुनको आज बिहान भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारबोट चोकमा गएराति ठक्कर दिदा दुर्घटना भएको हो ।

एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका २ निवासी २८ वर्षीय निर्मल बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार