२०८१ असोज १८ गते शुक्रवार

तुलसीपुर अपांगता अध्ययन केन्द्रमा खाद्यान्नका सामग्रि सहयोग



तुलसीपुर, १४ माघ ।
तुलसीपुर-७ कालाखोलामा रहेको तुलसीपुर अपांगता अध्ययन केन्द्रमा खाद्यान्नका सामग्रि सहयोग गरिएको छ । के म तिम्रो साथी बन्न सक्छु समुहको समन्वयमा वी कल्चर लि समुहले करिब ३५ हजार बराबरको खाद्यन्नको सामग्रि सहयोग हस्तन्तरण गरेको हो ।

केन्द्रलाई चामल २४ बोरासहित दाल तेल, विस्कुट लगायतका सामग्रि सहयोग गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता तथा संयोजक तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगरप्रमुख खड्काले अशक्त बालबालिकाका संरक्षणमा सहयोगीदाताले देखाएको कदम निकै प्रंशसनिय भएको बताउनुभयो । स्थानीय सरकार पनि बालबालिकाको साथमै रहेको बताउँदै नगरप्रमुख खड्काले अशक्त बालबालिकालार्य छात्रवृत्तिका लागि मन्त्रालयमा पेश भइसकेको बताउनुभयो ।

त्यस अवसरमा उपमेयर स्यानी चौधरी र तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीले अशक्त बालबालिकालाई सहयोग गर्ने सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै सहयोग तर्फबाट सुर्य राना, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका कोषाध्यक्ष ओमवली, मावि कालाखोलाका सहायक प्रधानाध्यापक छवि न्यौपाने, पूर्व शिक्षक हरिप्रसाद शर्मा, श्यामलाल पोखरेल, वडा नम्बर ७ का निवर्तमान अध्यक्ष टोप बहादुर केसी, वी कल्चर लि समुहका दाङ जिल्ला संयोजक बावुराम चौधरीले मन्तव्य राख्नुभएको हो ।

विद्यालय प्रधानाध्यापक राजिव ओझाको स्वागत मन्तव्यबाट शुरु भएको सहयोग हस्तान्तरण कार्यक्रमको सहजकरण केन्द्रका सदस्य सचिव यज्ञ विश्वकर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार