२०८० चैत्र १६ गते शुक्रवार

अर्थ समस्या समाधान गर्न आर्थिक नीति परिमार्जन गर्नुपर्छ : अर्थ मन्त्री



१८ माघ काठमाण्डौ।

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताउनुभएको छ ।बुधवार आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल ९इमान० ले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनुभयो ।

मन्त्री पौडेलले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारका लागि त्यतिमात्रैले नपुग्ने उल्लेख गर्नुभयो । आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि उहाँको भनाइ छ । उहाँले आउँदा दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार