२०८१ असोज २७ गते आइतवार

आज लुम्बिनी प्रदेशसभाको छैठौँ स्थापना दिवस



दाङ, २१ माघ ।
लुम्बिनी प्रदेशसभा स्थापना भएको पाँच वर्ष पूरा भएको छ । २०७४ सालको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक माघ २१ गते आजकै दिन बसेको हो ।

पहिलो कार्यकाल पुरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको अवसरमा प्रदेश सभाले छैठौँ स्थापना दिवस मनाउन लागेको छ । राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा प्रदेश सभा स्थापना दिवस मनाउन लागिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

शून्यबाट काम शुरु गरेको प्रदेश सभाले पहलिो कार्यकाल अस्थायी मुकाममा बिताएपनि दोस्रो कार्यकाल स्थायी मुकाम राप्ती उपत्यका देउखुरीमै शुरु भएको छ । प्रदेशसभाले पाँच वर्षको अवधिमा ७२ वटा विधेयक बनाएको छ भने सात वटा विधेयक निस्क्रीय भएका छन् ।

प्रदेश सभाले निस्क्रिय भएका सात वटा विधेयक पुन ः दर्ताको तयारी गरेको छ । प्रदेश सभामुख तुलाराम घर्तीले संघिय प्रणालीमा सबैभन्दा महत्वपूणर् संरचना प्रदेश संरचना भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार