२०८२ बैशाख ९ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज



दाङ, २९ माघ ।
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुको आज सपथग्रहण हुने भएको छ । मन्त्रीहरुको सपथ आज दिउसो १ बजे प्रदेश राजधानी दाङमा हुने भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि लिला गिरीले शनिबार (हिजो) मन्त्रिपरिषदलाई पूर्णता दिएसँग आज मन्त्रहरुको सपथग्रहण तय भएको हो ।

मूख्यमन्त्री गिरीको सिफारिसमा शनिबार प्रदेश प्रमुख अमिक सेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीको नियुक्ती तथा कार्यविभाजन गर्नुभएको हो ।

कार्यविभाजन अनुसार नेकपा माओवादी केन्द्रका जोख बहादुर महराले आर्थिक मामिला मन्त्रालय, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालय, विष्णुप्रसाद पन्थीले स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार