दाङ, ९ फागुन ।
दाङमा एक पुरुष विगत नौ दिन दिनदेखि सम्पर्क बिहिन भएका छन् । राजपुर गाँउपालिका १ बेला घरभई हाल तुलसीपुर ५ मा बस्दै आएका ३१ वर्षीय गंगाराम केसी सम्पर्कबिहिन भएका हुन् ।
गत फागुन १ गते बिहान काममा हिडेका श्रीमान गंगाराम सम्पर्क बिहिन भएको उहाँको श्रीमती इन्द्रा केसीले जानकारी दिनुभयो ।
बिहान काममा हिडेका गंगाराम श्रीमतीलाई ९ वजेतिर फोन गरेर मोवाइलमा रिचार्ज राख्न भनेका थिए । त्यसपछि मोवाइलमा रिचार्जको लागि फोन लगाँउदा मोबाइल अफ रहेको इन्द्राले बताउनुभयो । दिनभरी फोन आफ थियो साँझ साढे ६ बजेतिर फोन गर्दा बसपार्कमा गाडि बनाउँदै छु भनेको गंगाराम सम्पर्कबिहिन भएको उहाँको भनाई छ ।
घरमा ९ वर्षको छोरीलाई छोडेर काममा हिडेका श्रीमान सम्पर्कबिहिन भएपछि खोजिका लागि परिवारले आग्रह गरेको छ ।
उहाँको खोजीकार्यको लागि तीनदिन अघि इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएको र अहिलेसम्म सम्पर्कमा नआएको श्रीमती केसीले बताउनुभयो ।