२०८१ भाद्र २२ गते आइतवार

शिक्षासँगै संस्कार र सीप आवश्यक : उपाध्यक्ष श्रेष्ठ



दाङ, ११ फागुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले शिक्षासँगै संस्कार र सीप आवश्यक रहेको बताउनुभएको छ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीको १३ ओैँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै उपाध्यक्ष श्रेष्ठले विद्यार्थीलाई शिक्षासँगै संस्कार र सीप आवश्यक रहेको बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपाध्यक्ष श्रेष्ठले ज्ञानका लागि शिक्षा, सभ्यताका लागि संस्कार जीवन निर्वाहका लागि सीप आवश्यक रहेको बताउँदै संस्कार र सीपसहितको शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, घोराही उपमहानगरपालिका वडा न.१३ का वडाध्यक्ष डुल्लुराम पोख्रेल, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जिएम, मेरिल्यान्ड पब्लिक एकेडेमीका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठ, अभिभावक केशब गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०७७ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने रविन वली र २०७८ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पुजन पुनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । साथै विज्ञान तथा शैक्षिक सामग्री समेत प्रदर्शनी गरिएको थियो । खेलकुद सप्ताह अन्तर्गत भएका खेलमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । शैक्षिक सत्र २०७८ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष टीका गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रिन्सिपल बीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल लक्ष्मीप्रसाद बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार